बर्डफ्लु भेटिएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
काठमाडौं । बर्डफ्लु भेटिएपछि ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द भएको छ । चिडियाखाना परिसर भित्र रहेका जीवजन्तुहरूमा बर्ड फ्लु संक्रमण देखिएकोले आजदेखि अर्को सूचना प्रकाशित नभएसम्म चिडियाखाना बन्द गरिएको हो ।
संक्रमणका कारण आम सर्वसाधारण तथा दर्शकहरूको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै बिहीबार (असार ५) देखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि चिडियाखाना बन्द गरिएको हो ।
चिडियाखानाले संक्रमण नियन्त्रण तथा स्वास्थ्य सुरक्षाका उपायहरू अपनाइरहेको उल्लेख गर्दै दर्शकहरूलाई सहयोग गर्न आग्रह गरेको छ । साथै, चिडियाखाना बन्द हुँदा पर्न गएको असुविधाप्रति क्षमा याचना समेत व्यक्त गरेको छ।
राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत रहेको सदर चिडियाखाना ललितपुरको जावलाखेलमा अवस्थित छ।

क्याटेगोरी : समाचार












प्रतिक्रिया