बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर दुई जनाको मृत्यु्
काठमाडौं । बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर काभ्रे र सिन्धुपाल्चोकमा एक–एक जनाको मृत्यु भएको छ । बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार काभ्रेको पनौती नगरपालिका वडा नम्बर १२ महभीरमा आफ्नै काक्रोबारीमा बाँदर धपाउन जडान गरेको करेन्ट लागेर ६८ वर्षकी कमला मुल्मी मृत्यु भएको हो ।
हिजो काक्रो गोडमेल गर्न जाँदा करेन्ट लागेपछि मुल्मीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० बगुवामा खेतमा बाँदर धपाउन राखेको विद्युतीय पासोमा परी ६६ वर्षका भीमप्रसाद दुलालको मृत्यु भएको छ ।
घर नजिकै रहेको खेतमा धानको बीउ राख्न जाँदा करेन्टको पासोमा परेर दुलालको घटनास्थलमै मृत्यु भएको हो । दुवै घटनामा मृत्यु भइसकेपछि आफन्तले देखेर प्रहरीलाई खबर गरेका थिए । घटनाबारेमा अनुसन्धान भइरहेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया