Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

प्रतिनिधिको नामावलीमै विवाद, रास्वपाको बन्दसत्र आज नहुने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत आजका लागि तय गरिएको बन्दसत्र प्रतिनिधिको नामावली सम्बन्धी विवादका कारण स्थगित भएको छ।प्रतिनिधि छनोट तथा नामावलीको विषयलाई लिएर पार्टीभित्र असन्तुष्टि देखिएपछि बन्दसत्र निर्धारित समयमा सञ्चालन हुन नसकेको स्रोतले जनाएको छ। प्रतिनिधिहरूको सूचीप्रति विभिन्न पक्षबाट प्रश्न उठेपछि सहमति खोज्ने प्रयास जारी रहेको बताइएको छ।

पार्टी नेतृत्वले विवाद समाधानका लागि छलफललाई तीव्र बनाएको छ भने नामावली सम्बन्धी विषय टुंगो लगाएपछि मात्र बन्दसत्र सञ्चालन गरिने जनाइएको छ।
महाधिवेशनको महत्वपूर्ण कार्यक्रम मानिएको बन्दसत्र स्थगित भएसँगै आगामी कार्यतालिकामा समेत केही फेरबदल हुन सक्ने अनुमान गरिएको छ। यद्यपि पार्टीले यसबारे औपचारिक निर्णय सार्वजनिक गरिसकेको छैन।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट