धुलिखेल–खावा सडक खण्डमा १५ दिन टिपर संचालनमा रोक
काठमाडौं । अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक खण्डमा भइरहेको निर्माण तथा स्तरोन्नति कार्यलाई तीव्रता दिन टिपर सञ्चालनमा रोक लगाइने भएको छ। रातिको समयमा एम्बुलेन्स बाहेकका अन्य सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा सरोकारवाला निकायहरूको बैठकले धुलिखेल-खावा सडकखण्डमा बाँकी रहेको निर्माण कार्य सम्पन्न गर्न असार १४ गतेदेखि २८ गतेसम्म टिपर प्रवेशमा पूर्णरुपमा रोक लगाइने भएको छ ।
यस्तै टिपरबाहेकका अन्य यात्रुबाहक र मालवाहक सवारीसाधनलाई बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म प्रवेशमा रोक लगाइने निर्णय भएको छ । तर, एम्बुलेन्सलगायत अत्यावश्यक सेवाका सवारीसाधन भने पूर्ववत् सञ्चालन गर्न दिइने निर्णय गरिएको छ ।
बैठकमा पाँचखाल नगरपालिकाका उपप्रमुख, सुरक्षा निकाय, सडक डिभिजन कार्यालय, स्थानीय जनप्रतिनिधि तथा अन्य सम्बन्धित निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सवारी व्यवस्थापन तथा चालकहरूलाई आवश्यक सहजीकरणका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर, दोलखा र सिन्धुपाल्चोकसँग समन्वय गरिने निर्णयसमेत बैठकले गरेको छ ।
सडक निर्माणको बाँकी काम छिटो सम्पन्न गरी यातायात सञ्चालनलाई थप सुरक्षित र व्यवस्थित बनाउन उक्त निर्णय गरिएको प्रशासनले जनाएको छ ।
गौतम जस्तै अन्य व्यवसायीहरुले समेत आर्थिक मसान्तको समयमा एउटा ठेक्का पूरा गर्न अन्य निर्माण योजनालाई असर पर्ने गरि राजमार्ग बन्द गर्ने निर्णय पुनर्बिचार गर्न अनुरोध गरेका छन् ।
क्याटेगोरी : समाचार












प्रतिक्रिया