Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

पूर्वअर्थमन्त्री विष्णु पौडेललाई स्थलमार्ग हुँदै रातारात काठमाडौँ ल्याइयो


काठमाडौं । सम्पत्ति सुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई रातारात काठमाडौँ ल्याइएको छ।

उनी सोमबार अपराह्न सुर्खेतमा पार्टीको कार्यक्रम स्थलबाटै पक्राउ परेका थिए। सुर्खेतबाट बाँकेको कोहलपुरसम्म प्रहरीकै गाडीमा ल्याइएको थियो। केही समय विश्रामपछि उनलाई रातरात अर्को गाडीमा काठमाडौँ ल्याइएको हो।

उनलाई केहीबेर अघि प्रहरीले सम्पत्ति शुद्धीकरण विभाग पुर्‍याएको हो ।उनलाई आजै म्याद थपका लागि अदालत लाने तयारी छ । उनले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको जनाइएको छ । उनलाई नियन्त्रणमा लिनुअघि विभागको टोलीले उनको निवासमा पनि छापा मारेको थियो ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट