Techie IT
KTM Post
बिहीबार, २५ असार, २०८३

२ मेगावाट क्षमताको अरुण खोला– २ का लागि लगानी जुट्यो


काठमाडौं । हिमालयन इञ्जिनियरिङ एन्ड इनर्जीद्वारा प्रवर्तित २ मेगावाट क्षमताको अरुण खोला– २ जलविद्युत् आयोजना निर्माणका लागि लगानी जुटेको छ ।

यस आयोजनामा प्राइम कर्मसियल बैंकले एकल लगानी गर्ने भएको छ । सो आयोजना निर्माणका लागि प्राइम कर्मसियल बैंकले ३० करोड ऋण लगानी गर्ने भएको छ ।

सोसम्बन्धी सम्झौतापत्रमा प्राइम बैंकका डेपुटी जनरल म्यानेजर नारायणप्रसाद श्रेष्ठ र कम्पनीका तर्फबाट सञ्चालक अध्यक्ष ओमप्रसाद भट्टराईले सोमबार हस्ताक्षर गरेका हुन् ।

यस परियोजनाको अनुमानित लागत ४८ करोड ६४ लाखमा बैंकले ६१.६६:३८.३४ को अनुपातमा ऋण ३० करोड र बाँकी लागत प्रवर्तक कम्पनीहरूबाट जुटाइने उल्लेख गरिएको छ ।

उक्त आयोजनाबाट सुक्खायाममा ४.८६४ र वर्षायाममा ८.३१९ गरी जम्मा १३.१८ गिगावाट विद्युत् उत्पादन हुने बताइएको छ । यो आयोजना १५ महिनाभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।​

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट