Techie IT
KTM Post
बुधबार, १७ असार, २०८३

नेपालमा घट्यो पेट्रोलियम पदार्थको मूल्य


काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य कमी गरेको छ। निगम सञ्चालक समितिको निर्णयअनुसार पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको नयाँ मूल्य आज रातिदेखि लागू हुने भएको हो।

नयाँ व्यवस्था अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँले घटाइएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँले कमी गरिएको छ। यससँगै काठमाडौं, पोखरा र दिपायललगायत तेस्रो वर्गमा पर्ने क्षेत्रमा पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १७७ रुपैयाँ र डिजेलको मूल्य १५५ रुपैयाँ कायम भएको निगमले जनाएको छ।

खाना पकाउने एलपी ग्यासमा पनि प्रतिसिलिन्डर १०० रुपैयाँले मूल्य घटाइएको छ। अब उपभोक्ताले एक सिलिन्डर ग्यास २ हजार ६० रुपैयाँमा खरिद गर्न सक्नेछन्।

त्यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँले घटाइएको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्नुका साथै भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ।

निगमले ढुवानी दूरीलाई आधार मानेर देशलाई तीन वर्गमा विभाजन गर्दै क्षेत्रअनुसार नयाँ खुद्रा मूल्य निर्धारण गरेको जनाएको छ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट