जनरल धीरज सेठ बने भारतको नयाँ सेना प्रमुख
काठमाडौं । जनरल धीरज सेठले सोमबार भारतको नयाँ सेना प्रमुखका रूपमा पदभार ग्रहण गरेका छन्। उनी भारतीय सेनाका ३१औँ प्रमुख बनेका हुन्।
चार दशकभन्दा लामो सैन्य सेवापछि अवकाश प्राप्त गरेका जनरल उपेन्द्र द्विवेदीको स्थानमा जनरल सेठ नियुक्त भएका हुन्। भारतीय सेनामा उनले विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन्।समाचार एजेन्सी पीटीआईका अनुसार जनरल सेठ राष्ट्रिय रक्षा एकेडेमी (एनडीए), खडकवासलाका पूर्वछात्र हुन्।
उनी सन् १९८६ को डिसेम्बरमा आर्मर्ड कोर्प्समा कमिसन भएका थिए।सेना प्रमुख नियुक्त हुनुअघि उनले भारतीय सेनाको उपसेना प्रमुखका रूपमा कार्यसम्पादन गरेका थिए। सैन्य नेतृत्व, रणनीतिक योजना र विभिन्न कमान्ड तहमा हासिल गरेको अनुभवका आधारमा उनलाई भारतीय सेनाको सर्वोच्च जिम्मेवारी सुम्पिएको बताइएको छ।
क्याटेगोरी : अन्तराष्ट्रिय













प्रतिक्रिया