Techie IT
KTM Post
बुधबार, १७ असार, २०८३

मुग्लिन–नारायणगढ सडकको पहिरो पन्छाइएपछि यातायात पुनः सञ्चालनमा


काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत तुईन खोलामा सुख्खा पहिरो खस्दा केही समय अवरुद्ध भएको सडक पुनः सञ्चालनमा आएको छ।

सडक डिभिजन भरतपुरका अनुसार बुधबार बिहान पहिरो पन्छाएर सडकमा सवारीसाधनको आवागमन सुचारु गरिएको हो।

सडक डिभिजनले सवारी चालकलाई आफ्नो लेन अनुशासन पालना गर्दै सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ।

पहिरो हटाएर सडक सञ्चालनमा ल्याइए पनि उक्त क्षेत्रमा थप पहिरो खस्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ।

 

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट