कर्णालीमा खस्यो बस : एक जनाको शव फेला, अन्यको खोजीकार्य जारी
काठमाडौं । दैलेखमा कर्णाली नदीमा यात्रुबाहक बस खसेको छ । सुर्खेतबाट कालिकोट जाँदै गरेको क।प्र।०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी बुधबार बिहान ११ः ३० बजे अनियन्त्रित भई करिब ६००–७०० मिटर तल कर्णाली नदीमा खसेर दुर्घटनामा परेको हो।
एक जनाको शव फेला परेको छ भने अन्य यात्रुको खोजी तथा उद्धार कार्य जारी रहेको छ। दुर्घटनास्थलबाट करिब ४०० मिटर तल भिरमा अड्किएको अवस्थामा एक पुरुषको शव फेला परेको छ।
बस सडकबाट ६ सय मिटर तल कर्णाली नदीमा खसेको प्रहरीको भनाइ छ । दुर्घटनापछि उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलबिद्युत आयोजना सुरक्षा बेश र प्रहरी चौकी पाल्तडाबाट उद्धार टोली खटिएको छ ।
गाडीमा कति जना सवार थिए भन्ने विवरण अझै यकिन हुन नसकेको प्रहरीले जनाएको छ । अन्य यात्रुको खोजी तथा उद्धार कार्य जारी छ।
क्याटेगोरी : समाचार












प्रतिक्रिया