महिला सेवाग्राहीलाई दुर्व्यहार गरेको आरोपमा याङ्गो चालक पक्राउ
काठमाडौं । महिला सेवाग्राहीलाई दुर्व्यहार गरेको आरोपमा याङ्गो चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा राइड सेयरिङ याङ्गो चालक दोलाखाको तामाकोशी गाउँपालिका–४ घर भएका ४१ वर्षीय शिवकुमार खड्का छन् ।
बा. प्र. ०१–००२ ज ७९४८ नम्बरको ट्याक्सीका चालक खड्कालाई पीडित महिलाको उजुरीको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेको हो ।
सेवा लिई सकेपछि ती महिला सेवाग्राहीलाई चालक खड्काले फोन, म्यासेज गर्ने अपशब्द बोल्ने गरेको आरोप छ ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया