Techie IT
KTM Post
सोमबार, २२ असार, २०८३

रास्वपा सरकार बनेपछि चीनबाट पहिलाे उच्चस्तरीय भ्रमण आज


चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा वाणिज्य उपमन्त्री यान दोङ सोमबार नेपाल भ्रमणमा आउँदै छन् । राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार गठनपछि चीनबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो । उहाँ नेपाल–चीन संयुक्त आर्थिक तथा व्यापार समितिको बैठकमा सहभागी हुनुहुनेछ । मंगलबार हुने द्विपक्षीय बैठकमा व्यापार, आर्थिक सहयोग, प्राविधिक सहायता, कनेक्टिभिटी र पूर्वाधार विकासका विषयमा छलफल हुनेछ । भ्रमणका क्रममा यानले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले लगायत उच्च सरकारी अधिकारीसँग पनि भेट गर्ने कार्यक्रम छ । चीनबाट भएको यो भ्रमणलाई नेपाल–चीन सम्बन्ध र बदलिँदो कूटनीतिक सन्तुलनका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट