Techie IT
KTM Post
बुधबार, २४ असार, २०८३

मलेसियामा ‘इलेक्ट्रिक कम्प्याक्ट भेइकल अफ द इयर, २०२६’ जित्न सफल प्रोटोन इमास-५ नेपाल आउँदै


काठमाडाैं। नेपालको विद्युतीय सवारी साधनको बजारमा नयाँ विकल्पका रूपमा विश्वस्तरको पुरस्कार विजेता पूर्ण विद्युतीय कम्प्याक्ट एसयूभी ‘प्रोटोन इमास-५’ (Proton e.MAS 5) छिट्टै सार्वजनिक हुने भएको छ।

जगदम्बा मोटर्सका अनुसार आधुनिक प्रविधि, स्मार्ट सुविधा तथा विश्वस्तरमा प्रमाणित गुणस्तरमार्फत यस गाडीले नेपाली ग्राहकलाई उत्कृष्ट सवारी अनुभव प्रदान गर्नेछ। आधुनिक चालकहरूको बदलिँदो आवश्यकतालाई मध्यनजर गर्दै विकास गरिएको यो गाडी विश्वकै अग्रणी मोटर वाहन समूहमध्ये एक तथा विद्युतीय सवारी प्रविधिमा अगाडि रहेको ‘जिली’ (Geely) सँगको रणनीतिक सहकार्यमा तयार पारिएको हो।

जिलीको उन्नत विद्युतीय सवारी प्रविधि र प्रोटोनको विश्वसनीय इन्जिनियरिङको संयोजन रहेको यस कारले सहज सञ्चालन र भरपर्दो कार्यसम्पादन सुनिश्चित गर्ने कम्पनीले जनाएको छ।

अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चा बटुल्न सफल प्रोटोन इमास-५ ले मलेसियाको प्रतिष्ठित ‘एलायन्स डीएसएफ भेइकल अफ द इयर अवार्ड’ मा ‘इलेक्ट्रिक कम्प्याक्ट भेइकल अफ द इयर, २०२६’ को उपाधि प्राप्त गरिसकेको छ।

यसको आधुनिक डिजाइन, उन्नत विद्युतीय प्रविधि, आरामदायी सुविधा र दैनिक प्रयोगका लागि उपयुक्त विशेषताका आधारमा उक्त सम्मान प्रदान गरिएको हो।

आधुनिक जीवनशैलीलाई ध्यानमा राखेर डिजाइन गरिएको यस एसयूभीमा सामान व्यवस्थापनका लागि तीनवटा स्मार्ट स्टोरेज सुविधाहरू उपलब्ध छन्, जसमा ७० लिटर क्षमताको अगाडिको (Frunk) स्टोरेज, आफ्नो वर्गमै विशेष मानिएको २८ लिटर क्षमताको सिटमुनिको स्टोरेज र २० लिटर क्षमताको सेन्टर कन्सोलमुनिको स्टोरेज समावेश छ। यी सुविधाहरूले दैनिक प्रयोगका आवश्यक सामग्री व्यवस्थित रूपमा राख्न र गाडीभित्रको स्थानको प्रभावकारी उपयोग गर्न सहयोग पुर्‍याउनेछन्।

जगदम्बा मोटर्सका अनुसार प्रोटोन इमास-५ ले नेपालमा विश्वस्तरमा प्रमाणित विद्युतीय सवारी उपलब्ध गराउने प्रोटोनको प्रतिबद्धतालाई थप सुदृढ बनाउनेछ।

आकर्षक र स्मार्ट डिजाइन, प्रमाणित प्रविधि तथा उत्कृष्ट मूल्य-प्रतिफलसहित चाँडै नै नेपाली सडकमा गुड्न तयार भइरहेको यो पुरस्कार विजेता सवारी साधनले नेपाली ग्राहकलाई नवीन प्रविधि, व्यावहारिकता र उच्च सुरक्षा प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट