साउन १५ देखि घरघरमै स्वास्थ्य सेवा
ललितपुर । ललितपुर महानगरपालिकाले आगामी साउन १५ गतेदेखि बालबालिका, अशक्त व्यक्ति र ज्येष्ठ नागरिकलाई लक्षित गर्दै स्वास्थ्यकर्मीमार्फत घरघरमै स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।
नगरप्रमुख चिरीबाबु महर्जनले स्वास्थ्यमा कुनै समस्या आएमा महानगरको हटलाइन फोन नम्बर ११३१ मा सम्पर्क गर्नुहुन नगरवासीलाई अनुरोध गरेका छन् ।
तोकिएको हटलाइनमा बिमारीका फोन नं। प्राप्त हुनासाथ महानगरको एम्बुलेन्स, चिकित्सक, नर्स र आवश्यक औषधिसहितको स्वास्थ्य टोली बिरामीको घरमै पुगी उपचार गर्नेछन् ।
चिकित्सकले बिरामीका अवस्थाअनुसार उपचार गर्नुहुन्छ । यद्यपि घरमा सम्भव नभएका बिरामीलाई सोही एम्बुलेन्समार्फत अन्यत्र अस्पतालमा पठाइने व्यवस्था समेत गरिएको छ ।
महानगरभित्र करिब दुई लाख ९४ हजार नागरिक रहेका छन् ।
क्याटेगोरी : स्वास्थ्य/जीवन शैली













प्रतिक्रिया