१९ अंकले घट्यो नेप्से, कारोबार रकम ४ अर्ब ६१ करोड
काठमाडौं । यस दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। बुधबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
यस दिन नेप्से परिसूचक १९.६७ अंक घटेर २६०१.९२ विन्दुमा झरेको छ। आज कारोबार रकम पनि ४ अर्ब नाघेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ४ अर्ब ८२ करोड रुपैयाँबराबरको धितोपत्र कारोबार भएको बजारमा यस दिन ३६१ स्टकको ५७ हजार ८६४ पटकको कारोबारमा ४ अर्ब ६१ करोड १९ लाख ५४ हजार रुपैयाँबराबरको ८७ लाख ५१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक २।३६ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन विकास बैंक, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन ग्लोबल आइएमई बैंक लिमिटेड डिबेञ्चर २०८६/८७ शीर्ष स्थानमा रहेको छ। यस दिन साढे ३५ करोड रुपैयाँबराबरको सो ऋणपत्र कारोबार भएको छ। त्यस्तै, यस दिन साढे २८ करोड रुपैयाँभन्दा बढीको १०.७५ प्रतिशत एसबिएल डिबेञ्चर २०८९ किनबेच भएको छ भने करिब २१ करोड रुपैयाँबराबरको ८.५ प्रशित बिओके डिबेञ्चर २०८६ खरिदबिक्री भएको छ।
उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक १२.६८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन स्नो रिभर्सको शेयरमूल्य साढे ११ प्रतिशतभन्दा बढी बढेको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर ६ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको बिओके डिबेञ्चर २०८६ क को मूल्य यस दिन सर्वाधिक ८.६६ प्रतिशत घटेको छ।
क्याटेगोरी : अर्थ













प्रतिक्रिया