ग्यास सिलिन्डर पड्किँदा माकलबारीमा एक जनाको मृत्यु
काठमाडौं । काठमाडौंको माकलबारीमा फायर एक्सटिंग्विशर र अक्सिजन सिलिन्डर पड्किँदा एक जनाको मृत्यु भएको छ।
शुक्रबार बिहान सवा १० बजे गोकर्णेश्वर नगरपालिका-४ माकलबारीस्थित सडकमा बा.प्र. ०६-००१ झ ००१७ नम्बरको गाडीले बोकेको दुई वटा फायर एक्सटिंग्विशर र एउटा अक्सिजन ग्यास सिलिन्डर पड्किएको थियो।
पड्किएको सिलिण्डरले बागलुङ घर भई माकलबारी बस्दै आएका ४१ वर्षीय विष्णु थापालाई लागेको हो ।
उनका अनुसार घाइते भएका थापालाई उपचारको लागि नेपाल मेडिकल कलेज अत्तरखेल लग्नेक्रममा बाटोमा मृत्यु भएको हो। शव अस्पतालमा राखिएको छ।
फायर एक्सटिंग्विशर र अक्सिजन सिलिन्डर सिन्धुपाल्चोक लगिँदै थियो।
क्याटेगोरी : समाचार













प्रतिक्रिया