Techie IT
KTM Post
शुक्रबार, २६ असार, २०८३

सामान्य अंक घट्यो नेप्से, कारोबार रकम ६ अर्ब ८६ करोड


काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

शुक्रबार नेप्से परिसूचक १.१३ अंक घटेर २६००.७८ विन्दुमा झरेको छ।नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। बिहीबार ४ अर्ब ६१ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३६७ स्टकको ५३ हजार ४३२ पटकको कारोबारमा ६ अर्ब ८६ करोड ७ लाख १८ हजार रुपैयाँबराबरको धितोपत्र खरिदबिक्री भएको छ। यस दिन ऋणपत्रको कारोबार बढेसँगै कारोबार रकम पनि बढ्न पुगेको हो।

१३ उपसमूहमध्ये यस दिन ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १।२७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य अंक बढेको छ।

आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक १०।६६ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन कुमारी इक्विटी फण्डको इकाईमूल्य ९ प्रतिशत बढेको छ भने कालंगा हाइड्रोको शेयरमूल्य करिब ७ प्रतिशत बढेको छ। कारोबारमा आएको भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक ७।८४ प्रतिशत घटेको छ।

यस दिन रकमका आधारमा सर्वाधिक कारोबार भएका शीर्ष १० स्टकहरुको सूचीमा ९ ऋणपत्र रहेका छन्। यस दिन करिब ९० करोड रुपैयाँबराबरको ८.५ प्रतिशत नेपाल बैंक डिबेञ्चर २०८७ कारोबार भएको छ भने करिब ७० करोड रुपैयाँबराबरको ८.५ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८३ किनबेच भएको छ। त्यस्तै, यस दिन साढे २८ करोड रुपैयाँभन्दा बढीको ८.५ प्रतिशत सानिमा डिबेञ्चर २०८७ कारोबार भएको छ।

 


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट