युवामा बढ्दो निराशाप्रति राज्यलाई आत्मसमीक्षाको आग्रह
काठमाडौं । वरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेषक महेश्वर दाहालले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै दाहालले गणेश नेपालीले आत्महत्या गर्नुपर्ने अवस्था सिर्जना हुनु कुनै एक सरकार वा छोटो अवधिको शासनको परिणाम मात्र नभएको बताएका छन् ।
उनका अनुसार राज्यमा लामो समयदेखि सही नीति, दूरदर्शी नेतृत्व र समान अवसरको अभाव रहँदा धेरै युवामा निराशा र असन्तोष बढ्दै गएको छ ।
दाहालले दशकौँसम्म सत्तामा रहेर लाभ लिने तथा विभाजनकारी राजनीति गर्ने नेतृत्वहरूले पनि वर्तमान अवस्थाप्रति आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
उनले वर्तमान सरकारले युवाको आशा, रोजगारी र सामाजिक सुरक्षालाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् । भविष्यमा कुनै पनि युवामा आत्महत्याजस्तो सोच जन्मिन नदिन राज्यले प्रभावकारी नीति र कार्यक्रम लागू गर्नुपर्ने उनको धारणा छ ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया