गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअगाडि प्रदर्शन
काठमाडौं । आत्मदाहको प्रयासपछि ज्यान गुमाएका मुगुका गणेश नेपालीको न्यायको माग गर्दै उनका आफन्त, साथीभाइ तथा समर्थकले शनिबार वीर अस्पतालअगाडिको सडकमा प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा मुगुका पूर्वसभासद एवं फिल्म निर्देशक मिन भामको पनि उपस्थिति थियो । प्रदर्शनका क्रममा सहभागी सडकमा जान खोज्दा केही समय नेपाल प्रहरीसँग धकेलाधकेल भएको थियो ।
क्याटेगोरी : समाचार












प्रतिक्रिया