उपमेयर सवार गाडी र एम्बुलेन्स ठोक्किँदा आठजना घाइते
काठमाडौं । धनुषाको धनुषाधाम नगरपालिकाकी उपमेयर विद्यादेवी भुजेल सवार गाडी र एम्बुलेन्स ठोक्किँदा आठजना घाइते भएका छन् । शनिबार ९असार २७० बिहान करिब ६ः२० बजे धनुषाकै मिथिला नगरपालिका–९, बडहरीस्थित पूर्वपश्चिम लोकमार्गमा गाडी र एम्बुलेन्स ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बिरामी लिएर विराटनगरतर्फ जाँदै गरेको ना२च २३२ नम्बरको एम्बुलेन्स र उपमेयर भुजेल सवार प्रदेश २–०२–००१ झ ००८२ नम्बरको गाडी आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परी एम्बुलेन्स चालकसहित त्यसमा सवार पाँचजना घाइते भएका छन् । उपमेयरसहित अर्को गाडीका तीन गरी आठजना घाइते भएका प्रहरीले जनाएको छ ।
घाइते सबैलाई उपचारका निम्ति जानकी मेडिकल कलेजमा पठाइएको छ । घटनाबार थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार












प्रतिक्रिया