Techie IT
KTM Post
शुक्रबार, २६ असार, २०८३

गणेश नेपालीको मृत्युपछि गृह मन्त्रालयमा छलफल, सुधन गुरुङ अस्पताल जाँदै


काठमाडौं । आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि गृह मन्त्रालयले आकस्मिक छलफल सुरु गरेको छ।

घटनाबारे मन्त्रीसहितका अधिकारीहरू छलफलमा जुटेका छन्। छलफलपछि गृहमन्त्री सुधन गुरुङ स्वयं अस्पताल पुग्ने तयारीमा रहेको मन्त्रालयले जनाएको छ।

गृहमन्त्री गुरुङको सचिवालयका अनुसार उनी केही बेरमा वीर अस्पताल पुग्नेछन्। घटनापछि उत्पन्न परिस्थितिबारे गृह मन्त्रालयले थप निर्णय लिने तयारी गरेको छ।

 

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट