आदिवासी जनजाति आयोगको प्रस्ताव : गाईको सट्टा गैँडालाई राष्ट्रिय जनावर बनाउन सुझाव
आदिवासी जनजाति आयोगले संविधान संशोधनका लागि २५ बुँदे प्रस्ताव सार्वजनिक गर्दै हालको राष्ट्रिय जनावर गाईको सट्टा गैँडालाई राष्ट्रिय जनावर घोषणा गर्न सुझाव दिएको छ।
आयोगका अनुसार गाई सबै धार्मिक तथा सांस्कृतिक समुदायको साझा प्रतीक हुन नसक्ने भएकाले सबैलाई प्रतिनिधित्व गर्ने जनावरलाई राष्ट्रिय जनावर बनाउनुपर्ने धारणा प्रस्तुत गरिएको हो।
यसैगरी आयोगले प्रदेशअनुसार तोकिएको भाषामा राष्ट्रिय गान गाउन सकिने व्यवस्था गर्नुपर्ने प्रस्ताव पनि गरेको छ। उक्त सुझाव संविधान संशोधनसम्बन्धी प्रतिवेदनमार्फत अघि सारिएको हो।
क्याटेगोरी : समाचार













प्रतिक्रिया