गणेश नेपालीको शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल पठाउने तयारी
काठमाडौं । आत्मदाह प्रयासपछि मृत्यु भएका मुगुका २५ वर्षीय गणेश नेपालीको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाउने तयारी गरिएको छ।
नेपालीको शव वीर अस्पतालबाट पोस्टमार्टमका लागि टिचिङ अस्पताल लैजान लागिएको हो। बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यक्रमस्थल अगाडि उनले आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका थिए।
गम्भीर घाइते भएका नेपालीको उपचारका क्रममा आज वीर अस्पतालमा निधन भएको थियो।
उनका आफन्तहरूले भने अहिलेसम्म शव बुझेका छैनन्। नेपालीको मृत्यु भएपछि काठमाडौंका माइतीघर, भद्रकाली र वीर अस्पताल परिसरमा प्रदर्शनसमेत भइरहेको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया