Techie IT
KTM Post
मंगलबार, २९ वैशाख, २०८३

एउटा अध्यादेश जारी गरेर कानुनविद्सँग छलफलमा बसे राष्ट्रपति


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल सहकारी सम्बन्धी अध्यादेश जारी गरेर अरु अध्यादेश के गर्ने भनी परामर्श लिन कानुनविदसँग छलफलमा बसेका छन् ।

सरकारले संसद् रोकेर धमाधम अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति पौडेलले संविधानविद्हरूसँग परामर्श गर्न थालेका हुन् । राष्ट्रपति कार्यालय शीतल निवासमा अहिले परामर्श जारी रहेको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।

सरकारले वैशाख १४ गते संवैधानिक परिषद्को काम कर्तव्य र अधिकार सम्बन्धी ऐन, २०६६ र सहकारी ऐन, २०७४ लाई संशोधन गर्ने अध्यादेश र वैशाख १५ गते स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश, केही नेपाल कानुन संशोधन गर्न बनेको अध्यादेश र विश्वविद्यालयसम्बन्धि अध्यादेश जारी गर्नका लागि सिफारिस गरेको थियो ।

ती मध्ये बिहीबार केहीबेरअघि सहकारीसम्बन्धी अध्यादेश मात्रै राष्ट्रपति पौडेलले जारी गरेका छन् ।

 

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट