सरकारले ग्यासको मूल्य बढायो, पेट्रोलको घटायो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य परिवर्तन गरेको छ। निगमले गएराति १२ बजेदेखि लागु हुने गरि पेट्रोल, डिजेल मट्टितेलको मुल्य घटाएको छ भने एलपी ग्याँस तथा हवाई इन्धनको मुल्य बढाएको हो।
निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजल९मट्टीतेलमा प्रतिलिटर १२ रुपैयाँले घटाएको छ भने आन्तरिक तर्फको हवाई इन्धनमा प्रति लिटर ७ रुपैयाँ र अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धन काठमाडौँको लागि प्रति किलो लिटर ४६ डलरले बढाएको जानकारी दिएको छ।
त्यस्तै खाना पकाउने एलपी ग्याँसमा प्रति सिलिन्डर १५० ले बढाएको निगमले जनाएको छ। यसपछि काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर २१७, डिजल मट्टीतेल प्रतिलिटर २२५ पर्ने भएको छ। त्यस्तै एलपी ग्याँसको मुल्य आधा सिलिन्डरको १०८० र पुरा सिलिन्डरको २१६० पर्ने निगमले जानकारी दिएको छ।
निगमले यो समायोजन पछि निगमलाई पाक्षिक रुपमा १ अर्ब ८१ करोड घाटा रहेको बताएको छ।
क्याटेगोरी : समाचार












प्रतिक्रिया