संघीय संसद्का तीन समितिको बैठक आज बस्दै, यस्ता छन् छलफलका कार्यसूची
काठमाडौं। संघीय संसद् मातहतका विभिन्न तीनवटा संसदीय समितिको बैठक आज बस्दैछ। संघीय संसद् सचिवालयका अनुसार विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बोलाइएको हो।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११:०० बजे बस्नेछ। उक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना तयारीका सम्बन्धमा आवश्यक छलफल हुने कार्यसूची रहेको छ।त्यस्तै बिहान ११:०० बजे नै बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा अभिमुखीकरण कार्यक्रमका विषयमा छलफल हुने सचिवालयले जनाएको छ।
यसैगरी, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक अपराह्न २:३० बजेका लागि बोलाइएको छ। उक्त बैठकमा विशेष गरी दक्षिणी सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकको शान्ति सुरक्षाको अवस्था र त्यससँग सम्बन्धित विविध विषयमा छलफल हुनेछ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया