Techie IT
KTM Post
शुक्रबार, ८ साउन, २०८३

सडक सुरक्षामा बहुपक्षीय सहकार्य आवश्यक, आईजीपी कार्कीद्वारा सबै निकायलाई आह्वान


काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सडक सुरक्षा प्रहरीको मात्र दायित्व नभई राज्यका सबै निकाय र नागरिकको साझा जिम्मेवारी भएको बताएका छन्।

शुक्रबार काठमाडौंस्थित नेपाल पुलिस क्लबमा आयोजित मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको १४औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै आईजीपी कार्कीले सडक सुरक्षालाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय सरकार, सम्बन्धित निकाय, सञ्चारमाध्यम, निजी क्षेत्र तथा नागरिक समाजबीच निरन्तर समन्वय र सहकार्य आवश्यक रहेको बताए।उनले सडक सुरक्षालाई केवल प्रहरीको जिम्मेवारीका रूपमा बुझ्ने प्रवृत्ति अन्त्य हुनुपर्ने उल्लेख गर्दै सबै पक्ष जिम्मेवार बने मात्र दुर्घटना न्यूनीकरण र नागरिकको सुरक्षामा अपेक्षित सफलता हासिल गर्न सकिने धारणा व्यक्त गरे।

कार्यक्रममा बोल्दै आईजीपी कार्कीले विभिन्न आन्दोलनका क्रममा भौतिक संरचना र स्रोत–साधनमा क्षति पुगे पनि मेट्रो ट्राफिक एफएमले छोटो समयमै पुनः सञ्चालनमा आएर निरन्तर सेवा दिँदै आएको उल्लेख गरे।संकटपूर्ण परिस्थितिमा पनि नागरिकप्रतिको दायित्वलाई प्राथमिकतामा राख्दै प्रसारणलाई निरन्तरता दिएको भन्दै उनले एफएमको समर्पण, पुनरुत्थान क्षमता र सार्वजनिक सेवाप्रतिको प्रतिबद्धताको प्रशंसा गरे।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट