Techie IT
KTM Post
आईतबार, १० साउन, २०८३

कोशी र बागमतीमा प्रचण्डको रणनीति : पार्टीभन्दा ‘किचन क्याबिनेट’ बलियो


कोशी प्रदेशमा एमाले अध्यक्ष केपी शर्मा ओलीको लक्ष्य पार्टीभित्र आफ्नाे विराेधी काेशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई हटाउने थियो भने नेपाली कम्युनिस्ट पार्टीका संयाेजक प्रचण्डको प्राथमिकता इन्द्र आङ्बो मौसमलाई मुख्यमन्त्री बन्न नदिने थियो । उनी क्षमताशाली, प्रभावशाली नेता भए पनि बादलसँग एकतामा जाेडिएका नेता हुन ।

माैसमलाई मुख्यमन्त्रीमा राेक्न सफल भएसँगै पार्टीभित्र गंगा दाहालको प्रभावबारे पनि बहस चुलिएको छ । गंगा दाहाल आफ्ना श्रीमान जीवन आचार्यलाई पूर्वी नेपालको राजनीतिमा अगाडि बढाउन चाहन्छिन् । यदि मौसम मुख्यमन्त्री बनेका भए जीवन आचार्यको राजनीतिक भूमिका ओझेलमा पर्न सक्थ्यो । यही कारण मौसमसहित अन्य केही नेताहरूलाई रोक्ने रणनीति अपनाइएको हाे ।

यहाँ स्मरणीय छ, लामो समय प्रचण्डको पक्षमा उभिएका हरिबोल गजुरेलले जीवनलाई भन्दा पनि माैसम, मिक्साे लगायतलाई बाेकेकै कारण प्रचण्डको आन्तरिक घेराबाट बाहिरिएको पूर्वमा चर्चा छ ।

यही कारण सिन्धुली–२ मा जिल्ला कार्यदलले सर्वसम्मत रूपमा हरिबोल गजुरेल, महेश्वर दाहालमध्येबाट उम्मेदवार बनाउन निर्णय गरे पनि सिफारिसमा नपरेका राजन दाहाललाई अघि सारिएको घटनालाई पनि धेरैले आर्थिक काराेबारसँगै जीवन आचार्यलाई हरिबाेलले प्राथमिकता नदिनुकाे कारण भनिन्छ ।

उता बागमती प्रदेशमा ठूलो दलका रूपमा माओवादी केन्द्रले मुख्यमन्त्रीमा दाबी गर्न सक्ने अवस्था थियो । संसदीय दलका नेता शालिकराम जम्कट्टेल प्रदेश सांसदका हिसावले लोकप्रिय विकल्प मानिन्थे । उनीपछि रत्न ढकालजस्ता सन्तुलित र समन्वयकारी नेताको सम्भावना थियो । तर पार्टीभित्र आर्थिक रूपमा विवादित मानिएका सरल सहयात्रीलाई गंगा दाहालले अगाडि सार्ने प्रयास गरिन । गंगा दाहालका कारण पार्टी मुख्यालयमा जीवन र सरल प्रभावशाली भए पनि संगठन र जनाधारका हिसाबले भने निकै कमजोर छन् ।
यसरी हेर्दा, कोशी र बागमती दुवै प्रदेशमा पार्टीको औपचारिक निर्णयभन्दा सीमित शक्ति–केन्द्रको प्रभाव बढी देखिएको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट