Techie IT
KTM Post
मंगलबार, १२ साउन, २०८३

सुनचाँदीको मूल्य स्थिर: सुन २ लाख ८८ हजार ५ सय र चाँदी ४,४४५ मा कारोबार


काठमाडौं। नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन (सोमबार) कै मूल्य कायम भई आज कारोबार भइरहेको छ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँ तोकिएको छ। सोमबार पनि सुन सोही मूल्यमा खरिदबिक्री भएको थियो।

यसैगरी, चाँदीको मूल्यमा पनि आज कुनै फेरबदल भएको छैन। आज चाँदी प्रतितोला ४ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन सोमबारको कारोबार मूल्य सरह हो।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट