Techie IT
KTM Post
मंगलबार, १२ साउन, २०८३

विपद् प्रतिकार्यका लागि दक्ष युवा जनशक्ति तयार पार्दै कांग्रेस


काठमाडौं। नेपाली काङ्ग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा आगामी साउन १५, १६ र १७ गते विपद् व्यवस्थापनसम्बन्धी तीनदिने आन्तरिक विशेष प्रशिक्षण कार्यक्रम हुने भएको छ। प्रतिष्ठानको साउन १० र ११ गते बसेको छैटौँ बैठकले उक्त प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको हो।पहिलो चरणमा हुने यस प्रशिक्षणमा आवेदन दिएका इच्छुकहरूबाट छानिएका ४० जना युवाहरूलाई मात्र सहभागी गराइनेछ।

प्रशिक्षण केवल सैद्धान्तिक ज्ञानमा सीमित नभई व्यावहारिक, प्राविधिक सिप तथा अभ्यासमा केन्द्रित रहने जनाइएको छ। कार्यक्रममा प्राकृतिक विपद्को क्षेत्रमा स्वदेश तथा विदेशमा लामो समयदेखि काम गरिसकेका अनुभवी विषय विज्ञहरूले सहजीकरण गर्नेछन्।यस प्रशिक्षणमार्फत विपद्को पूर्वतयारी, जनसचेतनादेखि प्रत्यक्ष प्रतिकार्य (रेस्पोन्स) सम्मका कार्यमा खटिन सक्ने दक्ष युवा जनशक्ति तयार हुने विश्वास काङ्ग्रेसले लिएको छ।

साथै, नीति प्रतिष्ठानले आगामी दिनमा देशभरका ‘हरेक जिल्लामा विपद् व्यवस्थापन स्वयंसेवक’ तयार पार्ने अवधारणाका साथ अभियानलाई अघि बढाउने दीर्घकालीन योजना बनाएको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट