Techie IT
KTM Post
मंगलबार, १२ साउन, २०८३

नारायणी अस्पतालका सबै चिकित्सकले बुझाए सामूहिक राजीनामा


वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्।गत शनिबार अस्पतालमा भएको तोडफोड र चिकित्सकमाथि भएको कुटपिटको विरोधमा उनीहरू आन्दोलनमा उत्रिएका थिए। प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी)को राजीनामा माग गर्दै आएका चिकित्सकहरूले माग पूरा नभएपछि बाध्य भएर सामूहिक राजीनामा बुझाएको बताएका छन्।

उनीहरूको राजीनामा नआए देशभरका चिकित्सकहरूले सामूहिक राजीनामा दिने उनीहरूले चेतावनी दिएका छन्।

अस्पतालका बालरोग विशेषज्ञ डा. रामसुफल रामका अनुसार ७० जना चिकित्सक कार्यरत यस अस्पतालमा अहिलेसम्म ६० देखि ६५ जनाभन्दा बढी चिकित्सकले मेडिकल सुपरिन्टेन्डेन्ट चित्तरञ्जन साहस समक्ष आफ्नो राजीनामा बुझाइसकेका छन्।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट