Techie IT
KTM Post
मंगलबार, २९ वैशाख, २०८३

आन्तरिक राजस्व विभागको निमित्त महानिर्देशकमा रमेश अर्याल


काठमाडौं । आन्तरिक राजस्व विभागको निमित्त महानिर्देशकको जिम्मेवारी रमेश अर्यालले पाएका छन् ।
विभागकै उपमहानिर्देशकका रुपमा कार्यरत अर्याललाई अर्थमन्त्रालयले निमित्त महानिर्देशकको जिम्मेवारी दिने निर्णय गरेको हो ।

अर्याल अन्तशुल्क तथा अनुसन्धान महाशाखामा कार्यरत थिए । यसअघिका महानिर्देशक मदन दाहालको सुदुर पश्चिम प्रदेश सरुवा भएसँगै विभागको निमित्त महानिर्देशकको जिम्मेवारी अर्याललाई दिइएको हो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट