Techie IT
KTM Post
शनिबार, १३ असार, २०८३

प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकारमा जगदीश अग्रवाल नियुक्त


काठमाडौं । सरकारले वरिष्ठ चिकित्सक एवं चिकित्सा शिक्षाविद् प्रा. डा. जगदीश प्रसाद अग्रवाललाई प्रधानमन्त्री वालेन्द्र शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अग्रवाललाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

अग्रवाल त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का पूर्व डीन समेत हुन् ।

डा. अग्रवालले राज्यबाट कुनै पनि पारिश्रमिक वा आर्थिक सुविधा नलिई केवल विशेषज्ञका रूपमा आफ्नो सेवा पुर्‍याउने प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

 

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट