Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?


काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ८ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ५ हजार ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। गत शुक्रबार चाँदी प्रतितोला ५ हजार ६० सय रुपैयाँमा कारोबार भएको थियो।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट