११ महिनामा निर्जीवन बीमा कम्पनीहरूको बीमा शुल्क संकलन ४४ अर्ब ३८ करोड, कुनको कति ?
काठमाडौं । आर्थिक वर्ष २०८२ /८३ को जेठ महिनासम्ममा निर्जीवन बीमा कम्पनहिरुले ४४ अर्ब ३८ करोड माथि कुल बीमाशुल्क संकलन गरेका छन् । यी कम्पनीहरुले यस अवधिसम्ममा २६ लाख ५१ हजार १० वटा बीमा पोलिसी बिक्री गरी कुल ४४ अर्ब ३८ करोड ६४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।
यस अवधिमा सबैभनदा धेरै शिखर इनस्योरेन्स कम्पनीले कुल बीमाशुलक संकलन गरेको छ । कम्पनीले यस अवधिमा ५ अर्ब ६२ करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले ४ अर्ब ७७ करोड ३९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले ४ अर्ब ७६ करोड ८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३ अर्ब ९२ करोड २ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ३ अर्ब ९१ करोड २१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एनएलजी इन्स्योरेन्स कम्पनीले ३ अर्ब ७३ करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेको इन्स्योरेन्स कम्पनीले ३ अर्ब २८ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
ओरिएन्टल इन्स्योरेन्स कम्पनीले २ अर्ब ८० करोड २१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यूनाइटेड अजोड इस्योरेन्सले २ अर्ब ७६ करोड ६१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
नेपाल इन्स्योरेन्सले १ अर्ब ९७ करोड ७५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । प्रभु इन्स्योरेन्सले १ अर्ब ६४ करोड ९४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ४२ करोड ५६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेशनल इन्स्योरेन्सले १ अर्ब १९ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
क्याटेगोरी : अर्थ













प्रतिक्रिया