Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

निरन्तर चौथो कारोबार दिन घट्यो नेप्से, कारोबार रकम २ अर्ब ८३ करोड


काठमाडौं । बिहीबार नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला तीन कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

यस दिन नेप्से परिसूचक ८.५० अंक घटेर २६५१.५२ विन्दुमा झरेको छ।नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ४ अर्ब ४१ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३८ स्टकको ४६ हजार ७५१ पटकको कारोबारमा २ अर्ब ८३ करोड ८२ लाख ७९ हजार रुपैयाँबराबरको ६४ लाख ८० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक १।९६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सोपान फर्मास्यूटिकल्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १२ करोड ७७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सको १२ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको कारोबार रकम साढे १० करोड रुपैयाँ नाघेको छ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लागेको छ। यस दिन टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ्ग हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लागेको हो। त्यस्तै, यस दिन कालिका लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १३ प्रतिशत बढेको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट