नेपाल बैंकको खराब कर्जा भएका ऋणीले असारसम्म ऋण चुक्ता गर्दा ब्याज छुट पाउने
काठमाडौं । नेपाल बैंकले आफ्ना कर्जा ग्राहकहरूलाई लक्षित गर्दै ब्याज छुट सहितको विशेष ऋण चुक्ता योजना सार्वजनिक गरेको छ ।
बैंकले एक अत्यन्त जरुरी सूचना जारी गर्दै खराब कर्जा भएका र नियमित किस्ता तिर्न बाँकी रहेका ग्राहकहरूका लागि ऋण राफसाफ गर्ने यो अवसर प्रदान गरेको हो ।
बैंकका अनुसार, वि।सं। २०७९ साल चैत्र मसान्तभन्दा अगाडि नै ‘खराब’ वर्गमा वर्गीकरण भएका वा अपलेखित भइसकेका १ करोड रुपैयाँसम्म बक्यौता साँवा भएका ग्राहकहरूले यो सुविधा पाउनेछन् ।
यस्ता ग्राहकहरूले असार मसान्तभित्र योजना अनुसार कर्जा चुक्ता गरेमा विशेष ब्याज छुट प्राप्त गर्न सक्नेछन् । बैंकले सम्बन्धित ग्राहकहरूलाई यो सुवर्ण अवसरको लाभ उठाई आफ्नो वित्तीय दायित्व पूरा गर्न आग्रह गरेको छ ।
त्यसैगरी, वि।सं। २०८० साल वैशाख १ गते पश्चात् निष्क्रिय वा सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूका लागि पनि बैंकले सहुलियतको व्यवस्था गरेको छ । यस्ता ग्राहकहरूले यही असार मसान्तभित्र आफ्नो बक्यौता साँवा र ब्याज बुझाई कर्जा चुक्ता गरेमा वा खाता नियमित गरेमा पनि ब्याज छुट प्रदान गरिने सूचनामा उल्लेख छ ।
यस योजनामा बैंकका निश्चित शर्तहरू भने लागू हुनेछन् ।
क्याटेगोरी : अर्थ













प्रतिक्रिया