Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

सामान्य अंकले घट्यो नेप्से, कारोबार रकम ३ अर्ब ९ करोड


काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार सामान्य अंक बढेर बन्द भएको नेप्से, यस दिन भने घटेर बन्द भएको हो।

सोमबार नेप्से परिसूचक १.०३ अंक घटेर २७३०.९१ विन्दुमा झरेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। गत शुक्रबार ३ अर्ब ९ करोड ७९ लाख ५३ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३९ स्टकको ४३ हजार ३०९ पटकको कारोबारमा २ अर्ब ४५ करोड ८ लाख ७८ हजार रुपैयाँबराबरको ५८ लाख २८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, विकास बैंक, जलविद्युत, लगानी र अन्य उपसमूहको परिसूचक सामान्य अंक बढेको छ। कारोबारमा आएको वित्त, होटल तथा पर्यटन, जीवनबीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक यस दिन सामान्य घटेको छ।

कारोबार रकमका आधारमा यस दिन साहस उर्जा शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८ करोड ४३ लाख ८९ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सको करिब साढे ७ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने एसवाई प्यानल नेपालको कारोबार रकम ७ करोड रुपैयाँ नाघेको छ।

यस दिन इंगवा हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ८.४२ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन बुंगल हाइड्रोको शेयरमूल्य करिब साढे ६ प्रतिशत बढेको छ भने अन्य स्टकहरुको मूलय वृद्धिदर साढे ३ प्रतिशतभन्दा कम रहेको छ।

 


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट