Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

नेप्से घट्ने क्रम जारी, कारोबार रकम ३ अर्ब ८ करोड


काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार सामान्य अंक घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

मंगलबार नेप्से परिसूचक ६.५१ अंक घटेर २७२४.३९ विन्दुमा झरेको छ।नेप्से घटेपनि यस दिन कारोबार रकममा भने सामान्य सुधार भएको छ। सोमबार २ अर्ब ४५ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४६ स्टकको ४५ हजार ५१९ पटकको कारोबारमा ३ अर्ब ८ करोड ७७ लाख ३० हजार रुपैयाँबराबरको ७८ लाख १६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक, वित्त, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक १।२४ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सिटि होटल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २३ करोड ५३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन साहस उर्जाको ९ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने आँखु खोला जलविद्युत कम्पनीको कारोबार रकम साढे ८ करोड रुपैयाँ नाघेको छ।

यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक १४.२६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन नेपाल रिपब्लिक मिडियाको शेयरमूल्य करिब साढे ६ प्रतिशत बढेको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर ४ प्रतिशतभन्दा कम रहेको छ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट