Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

धितोपत्र बोर्डको अध्यक्षका लागि चार जनाको नाम ‘सर्टलिस्ट’मा, को-को परे ?


काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि चार जनाको नाम सर्टलिस्ट(संक्षिप्त सूची)मा राखिएकाे छ । बोर्डको अध्यक्ष छनौट सिफारीस समितिले चार जनाको नाम सर्टलिस्टमा राखेकाे हाे।

जसमध्ये बोर्डका अध्यक्षका लागि डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्दकुमार क्षेत्री, डा. गोपालप्रसाद भट्टलाई समितिको सिफारीस समितिले छनौट गरेको हो । समितिले चार जना उम्मेदवारसँग छलफल गरेर एक जनाको नाम टुंगो लगाउनेछ ।

यसअघि सरकारले ल्याएको राजनीति नियुक्त खारेजी सम्वन्धी अध्यादेशका कारण बोर्डकाे अध्यक्ष पद रिक्त हुन पुगेको थियो ।

 


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट