१८ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?
काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य १८ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १ हजार ८ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९३ हजार ८ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ९० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी प्रतितोला ५ हजार ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोलाको ४ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो।
क्याटेगोरी : अर्थ












प्रतिक्रिया