बजेट अघिको अन्तिम कारोबार दिन नेप्से सकारात्मक, कारोबार रकम ६ अर्ब ३ करोड
काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुनु अघिको अन्तिम कारोबार दिन नेप्से परिसूचक सकारात्मक भएर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार सामान्य अंक घटेर बन्द भएको नेप्से, यस दिन भने सामान्य अंक बढेर बन्द भएको हो।
यस दिन नेप्से परिसूचक ४.९९ अंक बढेर २७८२.१० विन्दुमा पुगेको छ।नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। मंगलबार ४ अर्ब ८५ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३५४ स्टकको ६० हजार ५६२ पटकको कारोबारमा ६ अर्ब ३ करोड ६४ हजार रुपैयाँबराबरको १ करोड ५२ लाख ४९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, विकास बैंक, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको हो।
कारोबार रकमका आधारमा यस दिन पनि आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७१ करोड २२ लाख ३३ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन रिडी पावर कम्पनीको ४३ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने नेशनल हाइड्रोपावरको कारोबार रकम ३२ करोड रुपैयाँ नाघेको छ।
यस दिन कालिञ्चोक हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १४.९८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन बुंगल हाइड्रोको शेयरमूल्य करिब साढे १३ प्रतिशतभन्दा बढी बढेको छ भने क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य साढे ८ प्रतिशत बढेको छ।
क्याटेगोरी : अर्थ













प्रतिक्रिया