शेयर बजार चार दिन बन्द, अब सोमबार मात्रै खुल्ने
काठमाडौं । शेयर बजार अब लगातार चार दिन बन्द हुने भएकाे छ । भाेलि र पर्सी सरकारी बिदा त्यसपछिका दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले चार दिन शेयर बजार बन्द हुने भएकाे हाे ।
भाेलि जेठ १४ मा इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदका अवसरमा गृह मन्त्रालयले सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।
जेठ १५ गते गणतन्त्र दिवस परेकाले सार्वजनिक बिदा छ । त्यस्तै, जेठ १६ गते शनिबार र जेठ १७ गते पनि आइतबार बिदा हुने हुँदा यो महिना लगातार चार दिन बिदा हुने भएको हो ।
क्याटेगोरी : अर्थ













प्रतिक्रिया