Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

नेपाल राष्ट्र बैंकका तीन जना कार्यकारी निर्देशकको सरुवा


काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न विभागका तीन जना कार्यकारी निर्देशकको सरुवा गरेको छ । मानव संसाधन व्यवस्थापन विभागले जारी गरेको सूचनाअनुसार २०८३ जेठ १९ गतेदेखि लागू हुने गरी तीन जना कार्यकारी निर्देशकको विभागीय सरुवा गरिएको हो ।

राष्ट्र बैंकको २०८३ जेठ १२ गतेको निर्णयअनुसार डा. सत्येन्द्र तिमिल्सिनालाई भुक्तानी प्रणाली विभागबाट आर्थिक अनुसन्धान विभागमा सरुवा गरिएको छ । त्यसैगरी डा. राम शरण खरेललाई आर्थिक अनुसन्धान विभागबाट सूचना प्रविधि विभागमा पठाइएको छ ।

यस्तै, निशल अधिकारीलाई सूचना प्रविधि विभागबाट भुक्तानी प्रणाली विभागमा सरुवा गरिएको सूचनामा उल्लेख छ ।

मानव संसाधन व्यवस्थापन विभागअन्तर्गत कर्मचारी अभिलेख व्यवस्थापन इकाइद्वारा जारी सूचनामा कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलको हस्ताक्षर रहेको छ ।

 


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट