५६ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?
काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य ५ हजार ६ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
विहीबार प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ५ हजार ६ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १ सय ७५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ५ हजार ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोला ४हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।
क्याटेगोरी : अर्थ













प्रतिक्रिया