Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

बजेट २०८३/८४: नेप्सेको पुनर्संरचना अघि बढाइने


काठमाडौं। सरकारले नेपाल स्टक एक्सचेन्ज ९नेप्से०को पुनर्संरचना अघि बढाउने भएको छ।
संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेप्से पुनर्संरचना गर्दै ‘इन्ट्राडे’, ‘सर्टसेलिङ’ र ‘डेरिभेटिभ’ जस्ता उपकरणको चरणबद्ध सुरुआत गरिने उल्लेख गरे।
त्यस्तै पुँजी बजारलाई मर्यादित र लगानीमैत्री बनाउन नियामकको क्षमता अभिवृद्धि, प्रविधिमैत्री कारोबार प्रणाली र लगानीकर्ता संरक्षण संयन्त्र सुदृढ गरिने बजेट वक्तव्यमा उल्लेख छ।
अर्थमन्त्री वाग्लेले ‘सेयर कर्नरिङ’, ‘इन्साइडर ट्रेडिङ’जस्ता पुँजी बजारमा हुने अवाञ्छित गतिविधिविरुद्ध शून्य सहनशीलताको नीति लिने उल्लेख गरे।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट