बजेट २०८३/८४: मुलुकलाई ‘आरोग्य पर्यटन’ को गन्तव्यका रुपमा विकास प्रवर्द्धन गरिने
काठमाडौं । सरकारले नेपाललाई ‘आरोग्य पर्यटन’ को अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्ने नीति अघि सारेको छ। आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत स्वास्थ्य, अध्यात्म र पर्यटनलाई जोड्दै नयाँ पर्यटन अवधारणा प्रवर्द्धन गरिने घोषणा गरिएको हो।
संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले पर्यटन क्षेत्रलाई आर्थिक विकासको प्रमुख आधारका रूपमा अगाडि बढाइने बताएका छन्। उनले आरोग्य पर्यटन प्रवर्द्धनका लागि विलासी होटल तथा रिसोर्ट निर्माणमा निजी क्षेत्रलाई प्रोत्साहन गरिने जानकारी दिए।
नेपाललाई युरोपेली युनियनको हवाई सुरक्षा सूचीबाट हटाउने लक्ष्यसहित आगामी पुसभित्र नागरिक उड्डयन प्राधिकरणको पुनःसंरचना गरिने पनि सरकारले जनाएको छ। यसअन्तर्गत नियामक र सेवा सञ्चालन निकायलाई छुट्टाछुट्टै बनाइनेछ।
बजेटमा लुम्बिनी–मुक्तिनाथ धार्मिक मार्ग, शालिग्राम पथ तथा ध्यान–योग केन्द्रहरूको विकासलाई प्राथमिकता दिइएको छ। सरकारले योग, ध्यान, साधना, बौद्ध तथा वैदिक दर्शनलाई एकीकृत गर्दै नेपाललाई आध्यात्मिक तथा सांस्कृतिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ।
मनाङ, मुस्ताङ र म्याग्दीजस्ता हिमाली जिल्लाको सांस्कृतिक तथा प्राकृतिक अनुभवलाई विश्व पर्यटन बजारमा प्रवर्द्धन गर्ने योजना समेत सरकारले अघि सारेको छ।
क्याटेगोरी : अर्थ













प्रतिक्रिया