शिक्षाको बजेटमा सामान्य वृद्धि : आगामी आर्थिक वर्षका लागि २ खर्ब १८ अर्ब ३० करोड विनियोजन
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ मा शिक्षा क्षेत्रका लागि २ खर्ब १८ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत उक्त बजेट छुट्याइएको जानकारी दिएका हुन्।
चालु आर्थिक वर्षको तुलनामा शिक्षा क्षेत्रको बजेटमा ७ अर्ब १३ करोड रुपैयाँ मात्र वृद्धि गरिएको हो। चालु वर्ष सरकारले शिक्षा क्षेत्रमा २ खर्ब ११ अर्ब १७ करोड रुपैयाँ विनियोजन गरेको थियो।
सरकारले शिक्षालाई प्राथमिकता प्राप्त क्षेत्रका रूपमा प्रस्तुत गरे पनि बजेट वृद्धिको दर अपेक्षाकृत कम रहेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।
विनियोजित बजेट विद्यालय शिक्षाको गुणस्तर सुधार, शैक्षिक पूर्वाधार निर्माण, शिक्षक व्यवस्थापन तथा प्राविधिक एवं व्यावसायिक शिक्षाको विस्तारमा केन्द्रित हुने सरकारको भनाइ छ।
क्याटेगोरी : अर्थ













प्रतिक्रिया