Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

एकैदिन २० हजार ५ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?


काठमाडौं ।सरकारले शुक्रबार घोषणा गरेको बजेटपछि आइतबार एकैदिन सुनको भाउ तोलामा २० हजार ५ सय रुपैयाँ बढेको छ । बजेटले सुनको भन्सार दर १० प्रतिशतबाट २० प्रतिशत पुर्‍याएपछि त्यसलाई आइतबार समायोजन गर्दा मूल्य एकैदिन २० हजार ५ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाला सुनको मुल्य प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ३ सय ५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ५ हजार ३ सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। गत शुक्रबार चाँदी तोलाको ५ हजार ४० रुपैयाँमा कारोबार भएको थियो।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट