Techie IT
KTM Post
शनिबार, २३ जेठ, २०८३

भाद्र २० देखि एनएसएल सुरु हुने, खेलकुदलाई राजनीतिक प्रभावबाट टाढा राख्ने सरकारको नीति


काठमाडौँ । चौथो संस्करणको नेपाल सुपर लिग (NSL)  भाद्र २० गतेदेखि सुरु हुने भएको छ। आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको मिति सार्वजनिक गरिएको हो।कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले खेलकुद क्षेत्रलाई दलीय राजनीति र प्रभावबाट टाढा राखेर अघि बढाउने नीति लिएको बताए। उनले सानै उमेरदेखि विद्यार्थीमा खेलकुदमा लगानी गरे राम्रो खेलाडी उत्पादन गर्न सकिने धारणा राखे।पोखरेलले देशभरका २७ हजार विद्यालय र लाखौँ विद्यार्थीलाई लक्षित गर्दै आगामी पाठ्यक्रममा पनि खेलकुदलाई प्राथमिकताका साथ समावेश गरिने जानकारी दिए।आयोजकका अनुसार प्रतियोगिता होम एन्ड अवे फर्म्याटमा हुनेछ र खेल डबल राउन्ड रोबिन प्रणालीमा सञ्चालन हुनेछ। यस संस्करणमा १० देखि १२ टिम सहभागी हुने बताइएको छ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट